ad ad

कला


खगेन्द्र भन्छन्- बक्स अफिस बलियो हुन एकपछि अर्को रेकर्ड तोडिनु पर्छ

खगेन्द्र भन्छन्- बक्स अफिस बलियो हुन एकपछि अर्को रेकर्ड तोडिनु पर्छ

नेपालखबर
असोज २३, २०८० मंगलबार १२:१२, काठमाडौँ

अभिनेता खगेन्द्र लामिछानेले निर्माण गरेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिजको तयारीमा छ। खगेन्द्रकै कथा लेखन रहेको यो फिल्म आउँदो कार्तिक ४ गतेबाट नेपालभर प्रदर्शन हुँदै छ।

फिल्मको सार्वजनिक टिजर, ट्रेलर तथा पोस्टरले फिल्मप्रति आशा बढाएको छ। यो फिल्म हिट फिल्म ‘पशुपति प्रसाद’को सिरिज भएकाले पनि प्रतिक्षित फिल्मको लिस्टमा छ। फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अनुमान फिल्मकर्मीको रहेको छ। 

यस अगाडि फिल्म ‘कबड्डी ४’ले खडा गरेको २२ करोड ब्यवसायको रेकर्ड यो फिल्मले तोड्न आँकलन गर्न थालिएको छ। फिल्म निर्माता तथा लेखक खगेन्द्रले आफ्नो फिल्मले मात्र होइन, हरेक फिल्मले नयाँ रेकर्ड बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनको यो धारणाले पनि उनी फिल्मप्रति निकै आशावादी रहेको देखाउँछ। 

‘हामीले कहिले पनि आफ्नो फिल्मले रेकर्ड तोड्नुपर्छ भनेर सोचेका छैनौं। तर, मिडियाले डरको रुपमा यसलाई प्रस्तुत गरेको छ। म त के भन्छु भने हरेक साता नेपाली फिल्मले पुरानो रेकर्ड ध्वस्त पार्नुपर्छ’, उनले थपे, ‘छक्का पन्जा’को रेकर्ड ‘कबड्डी ४’ले तोड्यो। ‘कबड्डी ४’को रेकर्ड अव  ‘पशुपति प्रसाद २’ले तोड्नुपर्छ।’ 

हरेक साता एकपछि अर्काे व्यवसायिक रेकर्ड तोडिएको खण्डमा मात्र बक्स अफिस बलियो हुने उनको तर्क छ।

खगेन्द्र भन्छन्, ‘म नयाँ रेकर्ड बनाएपछि केही वर्ष नतोडिएको खण्डमा ‘भाले’ भएर बस्न पाइन्छ भनेर कहिलै पनि सोच्दिन।’ फिल्मको अघिल्लो सिरिजमा खगेन्द्र शीर्ष भूमिकामा थिए। दोस्रो सिरिजमा भने उनी विशेष भूमिकामा मात्रै देखिनेछन्।

‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .