ad ad

समाज


एक घण्टासम्म प्रसाईंले गेट नखोलेपछि पर्खालमा भर्‍याङ लगाएर छिरेको थियो प्रहरी

बडिगार्ड पनि पक्राउ
एक घण्टासम्म प्रसाईंले गेट नखोलेपछि पर्खालमा भर्‍याङ लगाएर छिरेको थियो प्रहरी

नेपालखबर
असोज ६, २०८१ आइतबार १७:४७, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट पक्राउ गरेको छ। 

भक्तपुरस्थित कमेरोटारमा रहेको प्रसाईंको घरमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिनुअघि समस्या भएको थियो। जिल्ला प्रहरी कार्यालय भक्तपुरका एक अधिकारीका अनुसार, प्रसाईं घरभित्रबाटै निस्कन नमानेपछि निकैबेर धरपकड गर्नुपर्‍यो। 

झण्डै एक घण्टासम्म प्रसाईंले घरको गेट नखोलेपछि प्रहरीले जबरजस्ती गर्नुपरेको थियो। प्रसाईं घरबाट निस्कन नमानेपछि प्रहरीले भर्‍याङ नै लगाएर घरमा प्रवेश गरेको हो।

प्रसाईं भने त्यतिबेला केही युट्युबरसँग घरमै बसिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी बेद विष्टले जानकारी दिए।

उनका अनुसार, प्रसाईंलाई पक्राउ गर्ने क्रममा अवरोध गर्न थालेका उनका बडिगार्ड पनि पक्राउ गरेका छन्। झापा स्थायी घर भएका प्रसाईंका बडिगार्ड ३८ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेर ठिमी वृत्तमा राखिएको उनले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। 

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .