दक्षिण भारतीय अभिनेत्री तथा राजनीतिकर्मी गौतमी तडिमल्लाले भारतीय जनता पार्टी (भाजपा) बाट राजीनामा दिएकी छन्।
‘आफूलाई धोका दिने र ठग्ने’ एक व्यक्तिलाई भाजपाका केही नेताले सहयोग गरिरहेको आरोप लगाउँदै अभिनेत्री तडिमल्लाले पार्टीबाट राजीनामा दिएकी हुन्।
उनले सोमबार इन्स्टाग्राममा लेखेकी छिन्– ‘आज म मेरो जीवनको यस्तो मोडमा उभिएकी छु, जहाँ मलाई मेरो पार्टी र नेताबाट कुनै सहयोग र समर्थन छैन, यति मात्र होइन, मैले के थाहा पाएँ भने मेरो पार्टीका मान्छेले एउटा त्यस्तो व्यक्तिलाई सहयोग र समर्थन गरिरहेका छन्, जसले मलाई विश्वासघात गर्यो, मलाई ठग्यो।’
२५ वर्षदेखि भाजपामा आबद्ध अभिनेत्री गौतमी ताडिमल्लाले इन्स्टाग्राममा आफ्नो राजीनामा सेयर गर्दै पार्टी अध्यक्ष जेपी नड्डा र पार्टीका तमिलनाडु अध्यक्ष के अन्नामलाई ट्याग गरेकी छन्।
— Gautami Tadimalla (@gautamitads) October 23, 2023A journey of 25 yrs comes to a conclusion today. My resignation letter. @JPNadda @annamalai_k @BJP4India @BJP4TamilNadu pic.twitter.com/NzHCkIzEfD
Shares
प्रतिक्रिया