शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘डंकी’ को टिजर सार्वजनिक भएको छ।
शाहरुखको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजरमा अवैध रूपमा विदेश जानेहरूको कथा छ।
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुख हार्डी पात्रको भूमिकामा छन्। साथै यस फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतले पनि अभिनय गरेका छन्।
राजकुमार र शाहरुखले पहिलोपटक एकसाथ सहकार्य गरेका हुन्। फिल्म टिमले ‘डंकी’को टिजरलाई ‘ट्रप १’ नाम दिएका छन्। जसले फिल्मको अन्य सिक्वेल समेत बन्ने निश्चित छ।
रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्ममा हिरानीकै कथा छ। यो फिल्म आगामी क्रिसमसबाट रिलिज हुँदै छ।
हेर्नुहोस् टिजर-
111
Shares
प्रतिक्रिया