नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ।
नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका प्राविधिकहरूको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन्।
फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा समेत प्रदर्शन गर्ने बताइएको छ।
पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडिओको तर्फबाट भेन्डर पार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ट्रेलरमा आफूहरूको प्रस्तुति समेटेर आउनेमा आशावादी रहेको बताइन्।
त्यस्तै, अभिनेता प्रशान्त ताम्राकारले एउटा इन्डस्ट्रीमा काम गर्दैगर्दा अर्को इन्डस्ट्रीमा काम गर्ने अवसर पाउनु ठूलो कुरा रहेको बताए।
फिल्म विभिन्न पाँच देशमा छायांकन गरिएको थियो। दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन्।
फिल्म आउँदो फेब्रुअरीमा एक साथ विश्वव्यापी रिलिज गरिने निर्माण टिमले जनाएको छ।
Shares
प्रतिक्रिया