ad ad

कला


गुट्खाको विज्ञापन खेलेपछि शाहरुख, अजय र अक्षयलाई सरकारको पत्र

गुट्खाको विज्ञापन खेलेपछि शाहरुख, अजय र अक्षयलाई सरकारको पत्र

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार ११:५२, काठमाडौँ

गुट्खा कम्पनीका लागि विज्ञापनमा खेलेपछि बलियड स्टार अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई भारतीय केन्द्र सरकारले पत्र काटेको छ। 

यस मामिलामा एक निवेदनको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ बेन्चलाई यी तीनै सुपरस्टारकहाँ पत्र पठाइएको जानकार दिएको हो। 

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय केन्द्र सरकारले शुक्रबार  उच्च अदालतलाई दिएको जानकारीअनुसार यस मामिलामा अहिले सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ।

त्यहीकारण उच्च अदालतमा दर्ता भएको निवेदन खारेज गर्न पनि केन्द्र सरकारले माग गरेको छ। उच्च अदालतमा यस मामिलाको सुनुवाइ आगामी ९ मे २०२४ मा हुँदैछ।

यसअघि न्यायाधीश राजेश सिंह चौहानको बेन्चले केन्द्र सरकारलाई निवेदन दर्ता गर्नेको प्रतिनिधित्व कसले गर्ने भन्ने तय गर्न भनेको थियो।

उक्त निवेदन दर्ता गर्ने व्यक्तिले अदालतमा अभिनेता र सेलिब्रिटीविरुद्ध कारबाही हुनुपर्ने माग गरेका थिए। उनले आफ्नो निवेदनमा जसलाई आफूहरूले हाई प्रोफाइल पुरस्कार दियो, उनैले गुट्खा कम्पनीको विज्ञापन गरेकाले कारबाही हुनुपर्ने जिकिर गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .