गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ संस्करणको ग्रान्ड फिनाले पुस २७ गते हुने भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार हुने फिनालेमा विजेता घोषणा गरिनेछ।
यसपटक कोचमा प्रमोद खरेल, राजेश पायल राई, उदय सोताङ र मिलन नेवार छन्।
भ्वाइसको पाँचौँ सिजनले यो हप्ताको लाइभ राउन्डबाट चार जना फाइनालिस्ट पाउँदै छ।
यसअघि टिम उदय सोताङबाट कुमार प्रयास र टिम मिलन नेवारबाट विनोद राई फाइनल राउन्डमा प्रवेश गरिसकेका छन्।
शुक्रबार र शनिबारको एपिसोडबाट टिम प्रमोदबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बुमध्ये एकजना र टिम राजेशबाट मोनिका राई र मकर बहादुर योन्जनमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन्।
फिनालेमा प्रतिस्पर्धीसहित कोच र लोकस्टारका जज र फाइनालिस्टले समेत प्रस्तुति दिनेछन्। खल्ली एपबाट टिकट काटेर फिनाले कार्यक्रम हेर्न सकिनेछ।
Shares
प्रतिक्रिया