अभिनेत्री तथा नेतृ रेखा थापाले ‘बेबी सावर’ (गर्भावस्थामा खुसी साटासाट) गरेकी छन्।
केही महिनाअघि अमेरिका पुगेकी उनले परिवारसँगै ‘बेबी सावर’ मनाएकी हुन्।
पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा रहेकी रेखाका परिवार र साथीहरूले अमेरिकाको कोलोराडोमा शनिबार ‘बेबी सावर’ कार्यक्रम आयोजना गरेका थिए।
उक्त कार्यक्रममा रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाए।
‘बेबी सावर’ मनाएको फोटो/भिडिओ रेखाले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
फरक-फरक पहिरनमा देखिएकी रेखा निकै खुलेकी छन्।
भिडिओ-
साथै बलरामले पनि रेखाको बेबी बम्पमा चुम्बन गरेको पनि भिडिओमा देख्न सकिन्छ। रेखाका परिवार र साथीहरू पनि ‘बेबी सावर’मा निकै रमाएका थिए।
केही हप्तापछि आमा बन्न लागेकी रेखाको आगामी फिल्म ‘उपहार’ फागुन २५ गते रिलिज हुँदै छ।
Shares
प्रतिक्रिया