एकता कपुर र रीया कपुर प्रोडक्सनमा बनेको फिल्म 'द क्रु' को नयाँ प्रदर्शन मिति तोकिएको छ।
राजेश कृष्णणको निर्देशन रहेको यो फिल्म आगामी मार्च २९ मा रिलिज हुनेछ।
केही समयअघि घोषणा गरिएको फिल्ममा करिना कपुर खान, तब्बु, कृति सेनन र दिलजित दोसाँझको मुख्य भूमिका हुने बताइएको थियो।
लामो प्रतीक्षापछि शुक्रबार फिल्मको पहिलो झलक सार्वजनिक गरिएको छ।
सार्वजनिक टिजरमा तब्बु, करिना र कृतिको नामबाट सुरु हुन्छ।
ब्याकग्राउन्डबाट एयरहोस्टेजले यात्रुहरुलाई सम्बोधन गरेको सुन्न सकिन्छ।
त्यसपछि तब्बु, करिना र कृति रातो फ्लाइट अटेन्डेन्टको ड्रेसमा ब्याग बोकेर हिडिरहेको देखिए।
जुन भिडियोलाई बलिउड अभिनेत्री करिना कपुरले इन्स्टाग्राममा सेयर गरेकी छन्।
यसअघि यो फिल्म २२ मार्चमा रिलिज हुने भनिएको थियो। तर, आज फिल्मको मिति परिवर्तन गरिएर एक सातापछि सारिएको हो।
यस फिल्ममा कपील शर्मा पनि विशेष भूमिकामा देखिनेछन्।
Shares
प्रतिक्रिया