खगेन्द्र लामिछानेको मुख्य भूमिकामा बन्ने फिल्म ‘मेयर’को शुभमुहूर्त गरिएको छ।
सरस्वती पूजा तथा भ्लालेन्टाइनको डेको अवसरमा बुधबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो।
यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको हो।
फिल्ममा खगेन्द्र भरतकुमारको भूमिकामा देखिनेछन्।
पटकथा प्रडक्सनले निर्माण गर्न लागेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्।
निर्देशक खनाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता शर्मिला पाण्डे र सृष्टिमाँ खनाल हुन्।
फिल्मको पटकथा भने महेश दवाडीले लेखेका हुन।
कृष्ण बहादुर थापाले खिच्ने यस फिल्ममा अभिनेता खगेन्द्रको अपोजिटमा वर्षा राउतको देखिनेछिन्।
फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतले अभिनय गर्नेछन्।
यस चलचित्रबाट निर्माताका रुपमा सृष्टिमाँ खनाल र कलाकारको रुपमा अर्विशा थापाले डेब्यु गर्दैछन्।
Shares
प्रतिक्रिया