ad ad

कला


सनीको फिल्म ‘लाहौर १९४९’ मा छोरा करणको ‘इन्ट्री’

सनीको फिल्म ‘लाहौर १९४९’ मा छोरा करणको ‘इन्ट्री’

नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:२८, काठमाडौँ

सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘लाहौर १९४७’ मा उनका छोरा करण देओलले ‘इन्ट्री’ गरेका छन्। 

आमिर खान निर्माता रहेको यस फिल्ममा सनी र करण दुवैलाई देख्न पाइने पक्का भएको छ।

केही दिनअघि मात्रै करणले फिल्ममा एउटा महत्वपूर्ण भूमिकाका लागि अडिसन दिएका थिए। 

अब आमिरले फिल्ममा करणको कास्टिङ पक्का गरेका छन्। फिल्ममा जावेद नामको भूमिकामा करण देखिनेछन्।

यसबारे कुरा गर्दै अभिनेता/निर्माता आमिर खानले भने, ‘म धेरै खुसी छु, करणलाई जावेदको भूमिकाको लागि कास्ट गरिएको छ। उनको निर्दोषता र सत्यताले यो चरित्रलाई अझ विशेष बनाउँछ।’

यो क्यारेक्टरका लागि करण आफैंले निकै मिहिनेत गरेका छन्। उनले मुम्बई थिएटर ग्रुप आदिशक्ति र निर्देशक राजकुमार सन्तोषीसँग रिहर्सल गरेका छन्। 

‘जावेद फिल्मको महत्त्वपूर्ण र धेरै चुनौतीपूर्ण भाग हुन्। सन्तोषीको निर्देशनमा करणले उत्कृष्ट अभिनय गर्नेछन् भन्नेमा म विश्वस्त छु’, आमिरले लेखेका छन्। 

गत अक्टोबरमा घोषणा गरिएको यस फिल्ममा सनीको अपोजिटमा प्रीति जिन्टा देखिने छिन्। साथै फिल्ममा शबाना आजमीको पनि मुख्य भूमिका हुनेछ। यस फिल्मलाई राजकुमार सन्तोषले निर्देशन गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .