ad ad

कला


‘सिड्नी ब्लुज’मा एकसाथ देखिँदै पुष्प र अञ्जना

‘सिड्नी ब्लुज’मा एकसाथ देखिँदै पुष्प र अञ्जना

नेपालखबर
चैत ४, २०८० आइतबार १६:४७, काठमाडौँ

शङ्कर कार्की निर्देशनमा बन्ने फिल्म ‘सिड्नी ब्लुज’ अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। मुख्य भूमिकाका लागि पुष्प र निर्माण टिमबीच कागती सम्झौता भइसकेको छ।

फिल्ममा पुष्प र अञ्जना बराइलीको जोडीको रुपमा देखिनेछन्। त्यसैगरि, रवीन्द्र झा, शिव आर। ठकुरी लगायतको अभिनय रहनेछ।

अभिनेता पुष्पलले यो चलचित्रमा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए। उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने जनाए।

हाल प्रि प्रोडक्सनमा रहेको यस फिल्मको छायाङ्कन आगामी जुनबाट सुरु हुनेछ। यसै चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन्।

आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए।

‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ। सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु’ निर्देशकले भने।

यस फिल्मको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ। यसको छायाङ्कनको समयमा नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’ को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए।

शिव आर ठकुरीको कथा रहेको फिल्मको पटकथा लेखक किरण घिमिरे (माइकल) ले लेखेका हुन्। सुसन प्रजापतिले छायाङ्कन गर्ने यस फिल्मलाई सन् २०२४ को डिसेम्बरमा रिलिज गर्ने योजना छ।

कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने चलचित्रका कोरियोग्राफर रामजी लामिछाने हुन्। आरती शाही निर्माता रहेको कार्यकारी निर्माता तारा नेपाली र एशोसियट निर्माता धर्म सुवेदी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .