सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘रुखान’ आर्यन अधिकारी अनुबन्धित भएका छन्। अब आर्यन नीति शाहसँग फिल्म ‘रुखान’ मा जोडीको रुपमा देखिने छन्।
फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्र्याएको जानकारी दिए। आर्यनले केही बर्षदेखि फिल्ममा काम गरिरहेका थिएनन्। त्यसकारण उनका लागि यो फिल्म विशेष हुनेछ।
यो फिल्म ४ वटा भाषामा निर्माण गर्ने योजना निर्माणपक्षको छ। यस फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा रिलिज गरिनेछ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहेको फिल्मको कथा डाक्टर रुपक घिमिरेले लेखेका हुन्। अभिमन्यू निरवीको पटकथा तथा संवाद छ। फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन्।
यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। यो फिल्मले मुख्यतया महिला संघर्षको कथा भन्नेछ।
Shares
प्रतिक्रिया