ad ad

कला


फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १३:१२, काठमाडौँ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को निर्माण घोषणा भएको छ। सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।

सार्वजनिक मोसन पोस्टर मौलिक र कलात्मक छ। पहाडको बाटोसँगै सारङ्गीको मिठो धुन सुनिन्छ। बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति। जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी। र, उनले बच्चा पनि बोकेका छन्। ती बालकले सोध्छन्- बा तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ?

उनले हाँस्दै जवाफ दिन्छन्- म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर। त्यसपछि उनी भावुक हुन्छन्। र, गीत सुरु हुन्छ:

भुईसम्म देख्छु म त

तिमी टेक्नु धुरी

सकेसम्म छेकीदिउँला

घाम अनि हुरी

मोसन पोस्टरले फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने संकेत गरेको छ। 

नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्ने फिल्म २०८२ सालमा विश्व बजारमा प्रदर्शन गर्ने योजना छ।  

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलाे लेखन तथा निर्देशन रहनेछ। रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .