ad ad

कला


भावुक भइन् समीक्षा: म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त!

भावुक भइन् समीक्षा: म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त!

नेपालखबर
असार ११, २०८१ मंगलबार २०:३३, काठमाडौँ

सानै उमेरमा ठूलो चोट खेपेकी गायिका समीक्षा अधिकारी बेला बेला सामाजिक सञ्जालमार्फत आफ्ना भावना तथा धारणा सार्वजनिक गरिरहन्छिन्। 

त्यसो त उनले स्टाटसमार्फत आफूले भोगेको त्यो पीडा मात्र व्यक्त गर्दिनन्, अरू नारीहरूलाई पनि आफूजस्तै साहसी बन्न सुझाव दिन्छिन्, अनि आफूलाई पीडा दिनेहरूविरुद्ध कटाक्ष पनि गर्छिन्। 

यसै क्रममा गायिका समीक्षाले मंगलबार पनि फेसबुकमा त्यस्तै प्रकृतिको स्टाटस लेखेकी छन्। तर उनले यसपटक कसलाई कटाक्ष गरेकी हुन्, खुट्याउन गाह्रो छ। 

‘सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस, राग र डाहा मनमा पालेर के नै हुन्छ र’, समीक्षाले लेखेकी छन्, ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त!’

आफूलाई उठ्न धेरैले हात तथा साथ दिएको उल्लेख गर्दै उनले आफूलाई ‘संसारकै भाग्यमानी’ लागेको पनि बताएकी छन्। 

‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति’, कटाक्ष गर्दै समीक्षा लेख्छिन्, ‘म चाहन्छु- सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिँड्न नपरोस्।’

उनको स्टाटस जस्ताको तस्तै:

सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस, राग र डाहा मनमा पालेर के नै हुन्छ र? 
म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त! 
मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसैकारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ। 
असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति! म चाहन्छु- सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिड्न नपरोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .