ad ad

कला


पुनः प्रदर्शन हुँदै सुरक्षा अभिनित फिल्म ‘बुलाकी’

पुनः प्रदर्शन हुँदै सुरक्षा अभिनित फिल्म ‘बुलाकी’

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:२७, काठमाडौँ

सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुने भएको छ। निर्माण टिमले आगामी साउन ३२ गतेबाट यो फिल्म रिलिज गर्ने घोषणा गरेको हो। 

यो फिल्म गत वर्षको वैशाख १ गते प्रदर्शन भएको थियो। कम शो पाएको भन्दै निर्माण टिमले दुई दिनमै फिल्मको प्रदर्शन स्थगित गरेको थियो। 

तर, विभिन्न महोत्सवमा पाएको उत्साहजनक प्रतिक्रिया, दर्शकको माग र चाहना अनुसार फिल्मलाई पुनः प्रदर्शनमा ल्याउने निर्णय गरिएको सो फिल्मका प्रमुख कलाकारसमेत रहेका प्रस्तुत कर्ता विराज विष्टले बताए।

विष्टले विज्ञप्ति निकाल्दै लेखेका छन्, ‘देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा हाम्रो चलचित्रले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा अब्बल उपस्थिति जनाउँदै फिल्म सर्वोत्कृष्ट चुनिन सफल रह्यो, देश विदेशमा रहनुभएका नेपाली फिल्मका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा फिल्मप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र बुलाकीलाई पुनस् प्रदर्शनमा ल्याउने निर्णयमा पुगेका छौं।’

फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टले उल्लेख गरेका छन्।

स्व.मोती विष्टको प्रस्तुति र टोपेन्द्र विष्टको निर्माणमा बनेको बुलाकीलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्मको कथा तथा पटकथा राजबहादुर सानेको हो। यो फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ।

यस फिल्ममा सुरक्षासहित नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायतका कलाकारको अभिनय छ। 

अभिनेत्री पन्तले सामाजिक सञ्जालमा पोष्ट लेख्दै नहेर्नु भएका र यसअघि हेर्न छुटाउनु भएकाहरुले नजिकको फिल्म हलमा गएर फिल्म हेर्न सक्ने उल्लेख गरेकी छिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .