ad ad

कला


सिद्धु मुसेवालालाई जस्तै सलमान खानको हत्या योजना बनाइएको खुलासा

सिद्धु मुसेवालालाई जस्तै सलमान खानको हत्या योजना बनाइएको खुलासा

फाइल तस्बिर : सलमान खान र सिद्धु मुसेवाला


नेपालखबर
असार १८, २०८१ मंगलबार १०:५०, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको घरमा फायरिङ प्रकरणमा फेरि नयाँ अपडेट आएको छ।

सो प्रकरणमा पनवेल प्रहरीले अदालतमा आरोपपत्र दायर गरेको छ, जसमा लरेन्स बिश्नोई समूहका सदस्यले बलिउड सुपरस्टार सलमानको हत्याको षड्यन्त्रको पूरा विवरण दिइएको छ। 

गत हप्ता पनवेल मजिस्ट्रेट अदालतमा पेस गरिएको ३५० पृष्ठको आरोपपत्रमा गायक सिद्धु मुसेवालाको हत्याकै ढाँचामा सलमानविरुद्ध षड्यन्त्र रचिएको दाबी गरिएको छ।

यसमा सलमानविरुद्ध कुनै फिल्मको छायांकनको समयमा वा उनी आफ्नो पनवेल फार्महाउसबाट बाहिर निस्केको बेला आक्रमण गर्ने योजना बनाइएको उल्लेख छ। 

‘टीओआई’को एक रिपोर्टमा भनिएको छ– मोबाइल फोन,  ह्वाट्सएप ग्रुप, टावर लोकेसन र अडिओ÷भिडिओ कलको प्राविधिक अनुसन्धानसहित पाकिस्तानबाट अत्याधुनिक हतियार ल्याएर सलमान खानलाई मार्ने योजना बनाइएको खुलासा भएको छ।  

आरोपपत्रमा धनञ्जय तापसिंह उर्फ ​​अजय कश्यप, गौतम विनोद भाटिया, वास्पी महमूद खान उर्फ ​​चेना, रिजवान हसन उर्फ ​​जावेद खान र दीपक हवासिंह उर्फ ​​जोन वाल्मीकी सहित बिश्नोई गिरोहका पाँच सदस्यको नाम छ।

ती व्यक्तिहरूविरुद्ध आपराधिक षड्यन्त्र (आईपीसी धारा १२०बी), उक्साउने (आईपीसी धारा ११५) र आपराधिक धम्की (आईपीसी धारा ५०६ (२) को आरोप लगाइएको छ। अप्रिलको सुरुमा पनवेलका प्रहरी निरीक्षक नितिन ठाकरेले सलमान खानविरुद्ध नियोजित हमला हुँदै छ भन्ने सूचना पाएपछि अनुसन्धान सुरु भएको थियो। हत्याका लागि लरेन्स बिश्नोईले आफ्नो गिरोहका सदस्यलाई २५ लाखको ठेक्का दिएको खुलासा भएको छ।

गिरोहले आफ्ना सदस्यहरूलाई ह्वाट्एप समूहमार्फत सम्पर्क गर्‍यो, जसमा क्यानडामा रहेका बिश्नोईका दाइ अनमोल बिश्नोई, गोल्डी ब्रार, अजय कश्यप, विनोद भाटिया, वास्पी महमूद खान उर्फ ​​चाइना र रिजवान हसन खान सहभागी थिए। प्रहरीले पाकिस्तानका एके ४७, एम१६ वा एम५ जस्ता हतियार ल्याउने योजना रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .