ad ad

कला


रिलिज अगावै ‘ओपनिङ डे’को लागि ‘कल्की-२८९८ एडी’ को १० लाख बढी टिकट बिक्री

रिलिज अगावै ‘ओपनिङ डे’को लागि ‘कल्की-२८९८ एडी’ को १० लाख बढी टिकट बिक्री

नेपालखबर
असार १२, २०८१ बुधबार १३:५९, काठमाडौँ

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘कल्की-२८९८ एडी’ भोलिबाट रिलिज हुँदैछ। रिलिजअगावै यो फिल्म यस वर्षको पहिलो भारतीय फिल्म बनेको छ जसले आफ्नो ओपनिङ डेको १० लाखभन्दा बढी टिकट बिक्री गरेको छ।

प्रभास र दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म प्रि-सेल्स बिजनेसमा ३७ करोडभन्दा बढीको कमाई गरिसकेको छ। एक रिपोर्ट अनुसार यस फिल्मले अग्रिम बिक्रीबाट ५० करोड भारतीय रुपैयाँ कमाउने अपेक्षा गरिएको छ। 

त्यसैगरि, हैदरावादमा पहिलो दिनको लागि प्रिसेल्स कारोबार गरेर अल टाइम रेकर्ड बनाएको छ। यो फिल्म १४ करोड भारतीय रुपैयाँ कमाउने पहिलो चलचित्र बनेको छ, जुन ‘सलारस् पार्ट १’ भन्दा २ करोड बढी छ।  यो चलचित्र शहरमा अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ डे अग्रिम बिक्री भएको हो।

साथै नाग अश्विन निर्देशित यस फिल्मले १३ लाखभन्दा बढी टिकटहरु पनि बेचेको छ। जसबाट कुल ३७.२५ करोड रुपैयाँ कमाएको छ। 

तेलुगु मार्केटमा पनि ओपनिङ दिनको लागि ११ लाखभन्दा बढी टिकटहरु बिक्री भइसकेको छ। जसबाट फिल्मले ३१.५५ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ। हिन्दीतर्फ पनि यस फिल्मले सलार राम्रो अग्रिम बुकिङ राम्रो देखिएको छ। 

‘कल्की-२८९८ एडी’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्मले विदेशबाट ६० करोड रुपैयाँ भन्दा बढी कमाई गर्ने अपेक्षा गरिएको छ। भारतमा करिब १२० करोड भारु कमाउने अनुमान गरिएको छ। 

जसकारण पहिलो दिन फिल्मले विश्वभरबाट १८०-२०० करोड भारु कमाउने अनुमान गरिएको छ। यदि फिल्मले २०० करोडको आकडा पार गरेमा यो ‘आरआरआर’ र ‘बाहुबली २’ पछि विश्वव्यापी बक्सअफिसमा ओपनिङ रेकर्ड गर्ने तेस्रो भारतीय फिल्म हुनेछ। 

यस फिल्ममा प्रभास र दीपिकासहित अमिताभ बच्चन, कमल हासन र दिशा पटानी मुख्य भूमिकामा छन्। भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको यो फिल्म तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .