ad ad

कला


प्रियंका कार्कीको मुख्य भूमिकामा फिल्म ‘माइली’ बन्ने

प्रियंका कार्कीको मुख्य भूमिकामा फिल्म ‘माइली’ बन्ने

नेपालखबर
असार १४, २०८१ शुक्रबार ११:५८, काठमाडौँ

फिल्म ‘माइली’ बन्ने घोषणा भएको छ। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्ममा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा देखिनेछिन्। 

बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा बन्न लागेको फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो।

फिल्म टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ।

सत्य घटनामा आधारित भएर निर्माण हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने निर्देशक बलामीले बताए।

‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ? स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ? समाज जातियताको आडमा कसरी उनैलाई प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, उनले भने।

फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा र सम्बाद रहने छ।  असारको अन्तिमबाट सुटिङ सुरु हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा खिच्ने तयारी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .