ad ad

कला


दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा छनोट

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा छनोट

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:२१, काठमाडौँ

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ। 

फेस्टिभलको ओरिजोन्टी विधातर्फको छनोट भएको यो फिल्म भेनिसमा वर्ल्ड प्रिमियर हुनेछ। 

यसअघि यसअघि नेपालीमा ‘राजागञ्ज’ र अंग्रेजीमा ‘स्काइ इज माइन’ राखिएको थियो। तर, अन्तिममा फिल्मको नाम परिवर्तन गरिएको हो। 

पुलिस थ्रिलर जनरामा बनेको यो फिल्म नेपाल प्रहरीको एउटा शसक्त इन्स्पेक्टरको वरिपरि घुम्छ। यस फिल्ममा आशा मगरातीको मुख्य भूमिका रहेको छ। मगरातीले कागवेनी,कर्मा, हाईवे, सेतो सूर्यलगायतका फिल्ममा अभिनय गरेकी थिइन्। 

फिल्ममा मगरातीसहित दयाहाङ राई, ऋचा शर्मा, निकिता चाण्डक, आरती मण्डल, विजय बराल, गौमाया गुरुङ, पशुपति राई र निरज श्रेष्ठको अभिनय रहेको छ। यस फिल्मको नेपालको प्रदर्शन मिति छिट्टै घोषणा गरिने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .