ad ad

खेल


पदक जितेपछि उत्तर र दक्षिण कोरियाका खेलाडीको सेल्फीले पायो विश्वव्यापी चर्चा

पदक जितेपछि उत्तर र दक्षिण कोरियाका खेलाडीको सेल्फीले पायो विश्वव्यापी चर्चा

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:४०,

पेरिस ओलम्पिकमा उत्तर कोरिया र दक्षिण कोरियाका टेबल टेनिस खेलाडीले सेल्फी खिच्दै गरेको तस्बिरले विश्वव्यापी चर्चा पाएको छ। कतिपयले यसलाई आपसी सद्भावको चिह्नका रुपमा प्रशंसा गरेका छन्।

मिक्स्ड डबल्समा उत्तर कोरियाले रजत र दक्षिण कोरियाले कास्य पदक जितेका थिए। त्यसपछि दक्षिण कोरियाली लिम जोङ हुनले फोन झिकेर तस्बिर खिचे।

कहिलेकाहीँ दुई कोरियाले अन्तर्राष्ट्रिय खेलकुदमा संयुक्त टोली पनि पठाउने गरेको छ। २०१८ को पायोङचाङ हिउँदे ओलम्पिकमा दुवै मुलुकले एकसाथ मार्च गरेका थिए भने महिला आइस हकीमा संयुक्त टोली उतारेका थिए।

तर, पछिल्लो समय दुवै देशबीच तनाव बढ्दै गएपछि संयुक्त खेल गतिविधि बन्द भएको छ। 

यसअघि पेरिस ओलम्पिक उद्घाटन समारोहमा आयोजकले दक्षिण कोरियाली खेलाडीहरुलाई जनगणतन्त्र कोरिया भनेर घोषणा गरेका थिए। जबकि त्यो उत्तर कोरियाको औपचारिक नाम हो।

जसका कारण दक्षिण कोरियाका १४३ खेलाडीको परिचय गलत हुन पुगेको थियो।

पछि आयोजकले यसलाई मानवीय गल्ती भन्दै माफी मागेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .