ad ad

कला


२४ घण्टा नपुग्दै ‘रावायण’ ट्रेलरको भ्युज १० लाख नाघ्यो (भिडिओ)

२४ घण्टा नपुग्दै ‘रावायण’ ट्रेलरको भ्युज १० लाख नाघ्यो (भिडिओ)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १४:१९, काठमाडौँ

सार्वजनिक भएको २४ घण्टा नपुग्दै फिल्म ‘रावायण’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लिएको छ।

फिल्मको ट्रेलर फिल्मतर्फ ट्रेन्डिङमा आएको हो।

सार्वजनिक ट्रेलरलाई २२ घण्टामा १० लाख ९० हजारपटक हेरिसकिएको छ।

ट्रेलरलाई ४१ हजारले लाइक गर्दा ५ हजारभन्दा बढीले कमेन्ट गरेका छन्।

फिल्मका कथाकार र निर्देशक सुदर्शन थापाले टिजर र गीतसँगै ट्रेलरमा प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए।

‘टिजर र गीतले हामीलाई जुन किसिमको हौसला दिएको थियो। ट्रेलर रिलिजपछि त्यसमा बढोत्तरी भएको छ। १९ घण्टामा १० लाखभन्दा बढी दर्शक पाउनु भनेको अहिलेको अवस्थामा चानचुने कुरा होइन। तीन वर्षमा हामीले जुन मेहनतका साथ फिल्म बनाएका थियौँ। अहिले त्यो मेहनतले सार्थकता पाउँदै गएको छ,’ सुदर्शनले भने।

यही भदौ २१ गते रिलिज हुने फिल्मको एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथा छ।

ट्रेलरमा नायिका पूजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ भने नायक पल शाहले दोहोरो भूमिकाका छन्।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन्।

फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन्।

फिल्ममा पल र पूजासहित प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन छ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल छ।

ट्रेलर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .