ad ad

कला


अस्कर कलेजले ‘युवा सर्ट् फिल्म प्रतिस्पर्धा’ गर्ने, प्रथम हुनेलाई १ लाख

अस्कर कलेजले ‘युवा सर्ट् फिल्म प्रतिस्पर्धा’ गर्ने, प्रथम हुनेलाई १ लाख

नेपालखबर
असोज १४, २०८१ सोमबार १३:२९, काठमाडौँ

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोश्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ। 

कलेजको सामाजिक सञ्जालमा सार्वजनिक सूचना अनुसार २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले कार्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ। 

कलेजका प्रधानाध्यापक रामराजा दाहालले  फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको बताए।

उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरिएको हो ।’ युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनेको भनाइ छ।

प्रतिस्पर्धामा ८ देखि १५ मिनेटसम्मका फिल्म छनोट गरिने छन् जसमा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिनेछ। दोश्रो र तेश्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिनेछ। 

प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने कलेजले जनाएको छ। यसैगरी, स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने बताइएको छ।

कार्तिक ९ गते प्रतिस्पर्धाका विजेताहरु घोषणा गर्दै उनीहरुद्वारा निर्मित फिल्म प्रदर्शनीसमेत गरिने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .