ad ad

कला


‘रिमै’ खेल्न नेपाल आइन् रिश्मा गुरुङ, असोज २८ गतेबाट सुटिङ हुने

‘रिमै’ खेल्न नेपाल आइन् रिश्मा गुरुङ, असोज २८ गतेबाट सुटिङ हुने

नेपालखबर
असोज १४, २०८१ सोमबार १३:५५, काठमाडौँ

बड्डी शृखंलाकी मैँया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा ‘रिमै’ को छायांकनको लागि नेपाल आएकी छन्। लामो समयदेखि  अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन्। 

‘म लामो समय पश्चात सिनेमाको पर्दामा फर्किदै छु। लामो त होइन मैले बिचमा क्रसरोड नामक सिनेमामा काम गरेकी थिए । त्यो सिनेमा अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन्। त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ। अनि सिनेमाको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु।’

खिल बहादुर गुरुङको निर्देशनमा बन्ने फिल्मको निर्माता बिर बहादुर घले हुन्। फिल्मको सुटिङ असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिनेछ। यस फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङ मुख्य भूमिकामा देखिनेछन्। 

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको दसैंको घटस्थापनाको दिन शुभमुहूर्त गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .