बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहुजाले बिहीबार मुम्बईको क्रिटिकेयर अस्पतालमा आफ्ना पतिलाई भेटेर आफ्ना सबै फ्यानलाई खुसीको खबर दिएकी छन्।
गोली लागेपछि अस्पताल भर्ना भएका गोविन्दाको स्वास्थ्यबारे जानकारी दिँदै उनकी पत्नी सुनिताले गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने बताएकी हुन्।
मंगलबार बिहान गोविन्दाको आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा उनको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए।
बिहीबार पतिलाई भेटेपछि सुनिताले मिडियासँग भनिन्, ‘उहाँ अहिले ठीक हुनुहुन्छ, भोलि (शुक्रबार) दिउँसो डिस्चार्ज गरिनेछ।’
1.2k
Shares
प्रतिक्रिया