ad ad

कला


नेपालमा गुञ्जिँदै सोनु निगम, २ देखि ५० हजारसम्मको टिकट

नेपालमा गुञ्जिँदै सोनु निगम, २ देखि ५० हजारसम्मको टिकट

नेपालखबर
असोज २०, २०८१ आइतबार २२:७, काठमाडौँ

नेपालमा भारतीय गायक सोनु निगम गुन्जिने भएका छन्।

डिसेम्बर २५ गते मा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। 

नेपाली टच–नेपालले हायात रिजेन्सी होटलमा आइतबार एक कार्यक्रमका बीच  ‘सोनु निगम लाइभ इन नेपाल’को औपचारिक घोषणा गरेको हो। 

नेपाली टचले विगत १५ वर्षदेखि अष्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो। 

कार्यक्रममा बोल्दै ‘नेपाली टच ‍नेपाल’का प्रमुख राजकुमार गोस्वामीले अष्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार  सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।

‘हामीले विगत १४–१५ वर्षदेखि अष्ट्रेलियामा कार्यक्रम गरिरहेका छौँ। आफ्नै देशमा किन इभेन्टहरू नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो’, उनले भने, ‘हामीले एउटा कार्यक्रम गरायौँ भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ । यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौँ’

गोस्वामीले क्रिसमसमा हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरु भएको घोषणा पनि गरे। कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट विक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्।

कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ।

जहाँ सबैभन्दा सस्तो फेरस्टिभ जेनेरल टिकटको २ हजार , फेस्टिभ प्ल्याटिनमको ४ हजार, फेस्टिभ भिआइपी सिटिङको १० हजार तथा फेस्टिभ भीभीआईपी टेवलको ५० हजार रुपैयाँ शुल्क तोकिएको छ। 

जसमा प्ल्याटिनम टिकट किन्नेले एउटा वेभरेज निःशुल्क पाउनेछन् भने सिटिङ टिकटदेखिका सबै टिकट क्रेताले  निःशुल्क फुड एण्ड वेभरेज पाउनेछन्।

यो शुल्क दसैँतिहारको फेस्टिवल अफर भनेर निश्चित संख्याका टिकटका लागि मात्र उपलब्ध हुने जानकारी आयोजकले दिएको छ।

भीभीआईपी टेबलमा ५० हजार तिर्नेले एक टेबल तथा ६ वटा कुर्सी पाउनेछन्। 

यसैगरी टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूलोराम्रो इभेन्टको आवश्यक्ता महसुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। 

‘इसेवालाई एउटा राम्रो इभेन्टको आवश्यक्ता पहिलादेखि नै महसुस गरिरहेको थियो। त्यसमा नेपाली टचजस्तो ठूलो कम्पनी त्यसमाथि सोनु निगमजस्तो इन्ट्रनेश्नल आर्टिस्टसँग जोडिन पाउँदा इसेवा कम्पनी नै खुसी छ।’, उनले भने, ‘हामीले सबैको पहुँचमा पर्ने गरी टिकट विक्रीका लागि राखेका छौँ। त्यो बाहेक काठमाडौं बाहिरको पनि दर्शकका लागि इसेवाका समानान्तर सेवाहरु इसेवा होटल्स, बससेवाबाट पनि टिकट खोल्ने योजना बनाइरहेका छौँ।’

यस्तै कार्यक्रमको हस्पिट्यालिटी पार्टनर ह्यात रिजेन्सीका सेल्स तथा बजार प्रमुख अमित वालियाले कार्यक्रमको हस्पिट्यालिटी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताए। उनले सोनु निगमको नेपाल बसाइलाई उत्कृष्ट बनाउन कुनै कसर नराखिने जानकारी दिए।

यस्तै ‘नेपाली टच’सँग विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी चर्चित टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले ‘नेपाली टच-नेपाल’को नयाँ सुरुवातलाई शुभकामना दिए। 

कार्यक्रमका लागि ६ बजे प्रवेश खुला गरिनेछ। कार्यक्रमलाई संजय गुप्ताले संचालन गर्नेछन्। २ हजारदेखि ५० हजारसम्मको टिकट व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .