ad ad

रोचक


प्रयोगकर्ताको चुनौतीपछि ट्विटर किने, लोगोको चरो उडाएर कुकुर राखे

प्रयोगकर्ताको चुनौतीपछि ट्विटर किने, लोगोको चरो उडाएर कुकुर राखे

नेपालखबर
चैत २१, २०७९ मंगलबार १३:१६, काठमाडौँ

ट्विटरका मालिक एलन मस्कले सोमबार अचानक ट्विटरको लोगो फेरे। प्रतिष्ठित नीलो चरालाई उडाएर उनले लोगोमा कुकुर राखे।

गत नोभेम्बरमा मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेपछि उक्त प्लेटफर्ममा भएको यो नवीनतम् परिवर्तन हो। 

यसअघि ट्विटरमा लोगो बनेर बसेको नीलो चरो सन् २०१२ देखि थियो। सन् २००६ मा पहिलोपटक चरोको लोगोसहित ट्विटर सार्वजनिक भएकोमा त्यसपछि चारपटकसम्म चरोकै चित्रमा लोगो परिवर्तन भएको थियो। तर पाँचौँपटकमा ट्विटरको लोगोबाट चरो उडेको हो।

सोमबार मस्कले एउटा मेम सार्वजनिक गर्दै लोगो परिवर्तन भएको जनाएका थिए। 'एउटा कुकुरले कार चलाइरहेको छ। ट्राफिकले चरो चित्रको त्यो कुकुरको लाइसेन्स हेरिरहेको छ। कुकुरले भन्छ- त्यो पुरानो फोटो हो।'

एकाएक ट्विटरको लोगोमा भएको उक्त परिवर्तनको कारण मस्कले ट्विटरमार्फत खुलाएका छन्। एउटा स्क्रिन शर्ट सार्वजनिक गर्दै उनले आफूले बाचा पूरा गरेको बताएका छन्।

उनले अघिल्लो वर्ष मार्चमा ट्विटरमा नयाँ कुनै प्लेटफर्म आवश्यक छ भनेर जिज्ञासा राखेका थिए। त्यहाँ एक प्रयोगकर्ताले ट्विटर किनेर चरोको लोगोलाई कुकुरमा परिवर्तन गर्न सुझाव दिएका थिए। ती प्रयोगकर्ताले चुनौतीका रूपमा उक्त सुझाव दिएका थिए। मस्कले हाँस्दै त्यो रुग्ण हुने प्रतिक्रिया दिएका थिए।

तर ट्विटरको लोगो परिवर्तन गर्दै उनले आफूले आफ्नो बाचा पूरा गरेको बताएका छन्।

ट्विटरको लोगो परिवर्तन भएपछि ती प्रयोकर्ताले सबैभन्दा अधिक मनोञ्जन प्राय: मस्कले गर्ने टिप्पणी गरेका छन्। उनले मस्क आफ्नो बोलीमा दृढ व्यक्ति भएको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .