रोचक


दिल्ली पुलिसका हवल्दारले जब कोरियन युट्युबरसँग घुस लिए...

दिल्ली पुलिसका हवल्दारले जब कोरियन युट्युबरसँग घुस लिए...

नेपालखबर
साउन ८, २०८० सोमबार ११:४६, काठमाडौँ

भारतको राजधानी नयाँदिल्लीमा एक ट्राफिक पुलिस हवल्दारले दक्षिण कोरियाली युट्युबरसँग ५ हजार रुपैयाँ घुस लिएको भिडिओ भाइरल भएको छ। 

हवल्दारले युट्युबरमाथि ट्राफिक नियम तोडेको आरोप लगाएर जरिवानाका रुपमा ५ हजार भारतीय रुपैयाँ घुस लिएका हुन्। उनले उक्त रकम लिएर कुनै रसिद नदिएपछि ती युट्युबरले भिडिओ भाइरल गरिदिएका छन्। 

यो सबै घटना युट्युबरको कारमा राखिएको क्यामेरामा कैद भयो। जसलाई उनले आफ्नो युट्युब एकाउन्टमा हालिदिए। जहाँबाट यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। त्यसपछि दिल्ली पुलिसले ती हवल्दारलाई निलम्बन गरेर जाँच थालेको छ।

दक्षिण कोरियाका युट्युबरले एक भ्लगमा घटनाको भिडिओ शेयर गरिदिएका छन्। उक्त भिडिओमा ५ हजार दिएपछि ती हवल्दारलाई धन्यवाद पनि दिएका छन्। 

भिडिओमा देखिइरहेका युट्युर खुल्ला सडकमा ड्राइभ गरिरहेका छन्। एक चोकअगाडि हवल्दारले उनको गाडी रोकेर गलत लेनमा ड्राइभ गरेको बताएका छन्। त्यसपछि उनले युट्युबरसँग जरिवानास्वरुप ५ हजार रुपैयाँ माग्छन्। 

युट्युबर पुलिसको कुरा बुझ्नै नपाई ५ सय रुपैयाँ दिन लाग्छन्। तर ती पुलिसले नमानेपछि उनले ५ हजार झिकेर दिए। त्यसपछि उनले पुलिसलाई धन्यवाद दिँदै हात मिलाए। तर उनले आफूबाट घुस लिएको कुरा नबुझेको हुन सक्छ।

समाचार अनुसार यो करिब एक महिनाअघिको घटना हो। भिडिओमा देखिएका हवल्दारको नाम महेश चन्द हो। उता दक्षिण कोरियाका युट्युबरका १३ लाख ४० हजार फलोअर छन्। 

दिल्ली पुलिसले एक ट्विट गर्दै उक्त भिडिओमा जोडिएका हवल्दारलाई निलम्बन गरिएको जानकारी दिएको छ। उनलाई निलम्बन गरेर भ्रष्टाचारविरोधी नीतिअनुसार कारबाही चलाइएको बताए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .