नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।
प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्।
संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापन इतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये १ मत बदर भएको छ।
पाण्डे गोरखा २ ‘ख’ र अर्याल स्याङ्जा २ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ तथा अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए।
63
Shares
प्रतिक्रिया