ad ad

गण्डकी


धान खेतमा रोपिन्छ भन्ने जानकारी दिन पोखरामा ‘रोपाइँ महोत्सव’

धान खेतमा रोपिन्छ भन्ने जानकारी दिन पोखरामा ‘रोपाइँ महोत्सव’

नेपालखबर
असार १२, २०८१ बुधबार १९:४६, पोखरा

पोखरा पर्यटन परिषदले असारे पन्ध्रमा आयोजना गर्दै आइरहेको  रोपाइँ महोत्सवको १९ औं संस्करणका पोखरा – २३ मार्गीस्थित फेवा फाँटमा गर्ने भएको छ।

पोखराको ‘पर्यटन सवै मौसम  का लागि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा हलगोरु दौड, असारेगीत, हिलोमा माछा समात्ने, महिला–पुरुषको हिले दौड र रस्साकस्सी, विदेशी अनि नेपालीको छुट्टाछुट्टै भलिबल प्रतियोगिता हुने भएको छ।

त्यसका अलावा सांस्कृतिक कार्यक्रम र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको आयोजक संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए।

बेसिजनमा पनि पर्यटक भित्र्याउन २०६१ सालमा सुरु भएको महोत्सवले पोखरा वरिपरि भएका खेतीयोग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशाप्रति उत्प्रेरित गर्दै आइरहेको उनले जिकिर गरे।

परिषदका महासचिव सञ्जयकान्त सिग्देलले पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुर्‍याउने, नेपालमा मात्र मनाइने मौलिक असारे १५को संरक्षण र प्रचार गर्ने, नयाँ पुस्तालाई चामल बोरामा होइन, खेतमा रोपिन्छ अनि फल्छ भन्ने कुराको जानकारी दिनु पनि महोत्सवको उद्देश्य रहेको बताए।

महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन भएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .