ad ad

गण्डकी


बागलुङ पहिरो अपडेट : वृद्ध दम्पती बिते, बुहारी र नाति घाइते

बागलुङ पहिरो अपडेट : वृद्ध दम्पती बिते, बुहारी र नाति घाइते

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८१ शनिबार १०:१२, ढोरपाटन (बागलुङ)

बागलुङमा पहिरोले घर पुरिँदा वृद्ध पति-पत्नीकै मृत्यु भएको छ भने सोही परिवारका दुईजना घाइते भएका छन्।

गएराति घरमा खसेको पहिरोमा परी गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा प्रेमका बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ।

गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताए।

घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .