ad ad

गण्डकी


पोखरामा क्यूएफएक्स हल पुन: सञ्चालनमा

पोखरामा क्यूएफएक्स हल पुन: सञ्चालनमा

नेपालखबर
असार १५, २०८१ शनिबार १४:४९, पोखरा

पोखरामा क्यूएफएक्स हल पुनः सञ्चालनमा आएको छ। पोखरा ट्रेडमलमा रहेको सिनेप्लेक्स परिणत भई क्यूएफएक्सका रुपमा सञ्चालनमा आएको हो। 

क्युएफएएक्सको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे। सिनेमा पारखीका लागि क्यूएफएक्सले खुसी र सन्तुष्टि दिने उनको भनाइ थियो। 

सिनेमा मनोरञ्जनको साधनमात्र नभएर नयाँ विषयवस्तुको जानकारी दिने माध्यम भएको पनि उनले बताए। दर्शकको चाहना बमोजिम पोखरामा सिनेमा हलको विस्तार हुनुले सिनेमासम्बन्धी गतिविधिलाई बढावा दिनेमा उनी विश्वस्त देखिए।

पोखरालाई सिनेमा टुरिजमकारुपमा पनि प्रचारप्रसार गर्न सकिने भनाइ मन्त्री थापाको छ। ‘पोखरामा अक्सर थुप्रै सिनेमा छायांकन हुने भएकाले ओपन स्टुडियोको रुपमा यसलाई विकसित गर्न सकिने र सिनेमा टुरिजममार्फत लाभ लिन सकिने हुँदा सबैको ध्यान यतातर्फ पनि केन्द्रित हुन आवश्यक छ,’ उनले थपे।

भौतिक पूर्वाधारमात्रैले भन्दा पनि नीतिगत रुपमा नै सिनेमाको विकासमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। 

यसअघि सिनेप्लेक्सको व्यवस्थापन रहेकोमा क्यूएफएक्सले सम्पूर्ण व्यवस्थापन सम्हालेको हो। पोखरा सिनेप्लेक्सको हल आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्यूएफएक्स पोखराका म्यानेजर पशुपति कार्कीले जानकारी दिए। 

सुविधा सम्पन्न हलहरूमा दर्शकले आरामदायी सिट, आधुनिक प्रोजेक्सन र साउण्ड सिस्टम तथा टु डी र थ्री डी स्क्रिनसहित चलचित्र हेर्न पाउने सुविधा रहेको उनको भनाइ छ। पोखरासँगै देशभर क्यूफएएक्स सिनेमाको पर्दा  संख्या ४० र हल संख्या १७ पुगेको छ।

पोखरामा यसअघि २०७३ सालमा क्यूएफएक्स सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .