गण्डकी प्रदेश सरकारले गण्डकीका ८५ वटा पालिकाहरुलाई १ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ।
प्रदेश सरकारले वित्तीय समानीकरण,ससर्त, विशेष र समपूरक अनुदान शीर्षकमा स्थानीय सरकारलाई सो बजेट विनियोजन गरेको हो।
गण्डकीका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले शनिबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार सूत्रमा आधारित रहेर १ अर्ब ३ करोड १७ लाख ५० हजार र न्यूनतम अनुदान १२ करोड ८२ लाख ५० हजार गरी १ अर्ब १६ करोड रुपैयाँ स्थानीय तहलाई विनियोजन गरेको जानकारी दिए।
उनका अनुसार यहाँका प्रत्येक पालिकालाई एक करोडभन्दा कम रकम विनियोजन गरिएको छैन।
63
Shares
प्रतिक्रिया