ad ad

ग्लोबल


तस्करीका लागि भारत ल्याइएका दुई नेपाली महिलाको उद्धार

तस्करीका लागि भारत ल्याइएका दुई नेपाली महिलाको उद्धार

शैलेन्द्र समदर्शी
मंसिर ११, २०७६ बुधबार ९:९,

नेपालका दुई महिला तस्करी हुनबाट जोगिएका छन्। वैदेशिक रोजगारीको प्रलोभनको तस्करमा जालमा फसेका ती दुई महिलालाई सशस्त्र सीमा बल (एसएसबी)को ४१ औं बटालियनका जवानहरूले भद्रपुर सीमाबाट नेपालको एनजीओ टाइनी ह्याण्ड्सको सहयोगमा उद्धार गरेका हुन्।

यो मामिलामा राजु टुडु (२५) र प्रेमबहादुर तामाङ (५०) गरी दुई तस्करलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका दुवै आरोपी तस्कर झापा जिल्लाको चन्द्रगढ़ी निवासी रहेको बताइएको छ।
एसएसबी सूत्रका अनुसार एसएसबीको ४१औं बटालियनकी एसी मीराको नेतृत्वमा एसएसबी जवानहरूले ती दुई नेपाली महिलालाई तस्करी हुनबाट जोगाएकी हुन्।
उद्धार गरिएका दुवै महिलालाई एसएसबीले टाइनी ह्याण्ड्सका सदस्यहरूको उपस्थिति नेपाल प्रहरीलाई सुम्पेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .