ad ad

ग्लोबल


मिनीबस–ट्रक ठोक्किँदा इरानमा १६ जनाको मृत्यु

मिनीबस–ट्रक ठोक्किँदा इरानमा १६ जनाको मृत्यु

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १८:४, तेहरान

दक्षिणपश्चिम इरानमा मङ्गलबार बिहान मिनीबस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन्।

दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट सुस्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको सुस्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले बताएका छन्।

उनले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गरेका छन्। आपतकालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ।  

यसअघि खुजेस्तानको मेडिकल इमर्जेन्सी सेन्टरका जनसम्पर्क कार्यालयका निर्देशक आरेफ असल शरहानीले घाइतेहरूलाई अस्पताल लैजानका लागि हेलिकप्टर पनि पठाइएको बताए थिए।

घटनाको कारणबारे प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .