भारतको लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।
घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ। रासस/एएनआई
33
Shares
प्रतिक्रिया