ad ad

ग्लोबल


तेल उत्पादन कटौती गरेकोमा साउदी अरबलाई बाइडेनको चेतावनी

तेल उत्पादन कटौती गरेकोमा साउदी अरबलाई बाइडेनको चेतावनी

नेपालखबर
असोज २६, २०७९ बुधबार १९:१५, काठमाडौँ

ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई ‘परिणाम’को चेतावनी दिएका छन्।

अमेरिकाको चेतावनीका बाबजुद साउदी अरब र रुसको नेतृत्वमा रहेको ओपेकले गत साता दैनिक २० लाख ब्यारेलले उत्पादन घटाउने निर्णय लिएको थियो।

त्यसलगत्तै अमेरिकी सिनेटरहरुले साउदी अरबसँग सहकार्यलाई रोक्नुपर्ने, हतियार बेच्न नहुने बताएका थिए।

‘उनीहरुले रुससँग मिलेर जे गरे, त्यसको केही न केही परिणाम आउनेछ,’ मंगलबार सीएनएनसँगको अन्तर्वार्तामा बाइडेनले भने।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरबले तेलको बजार स्थिर राख्न सो निर्णय लिएको बताएको छ।

तर, सो निर्णयले विश्वभर तेलको मूल्य बढ्ने र रुसको आम्दानी वृद्धि हुने पश्चिमाहरुको तर्क छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .