अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनभन्दा पहिला अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति तथा रिपब्लिकनका नेता डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनको अन्तिम दिनको प्रचार गरेका छन्।
सोमबार जो बाइडेन र ट्रम्पले ओहायोमा र्याली गरेका हुन्। मंगलबार निर्वाचनको लागि मतदान हुनेछ।
मेरिल्याण्डमा ऐतिहासिल ब्ल्याक युनिभर्सिटीमा मानिसहरुलाई सम्बोधन गर्दै बाइडेनले भने, ‘यो चुनाव जनमतसंग्रह होइन, यो अमेरिकाको विषयमा दुई भिजनबीचको निर्वाचन हो।’
बाइडेनले मेरिल्याण्डमा सम्बोधन गर्दै सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद्मा भएको आक्रमणको स्मरण गर्दै भने, ‘यो बुझ्न निकै सजिलो छ कि तपाइँ अमेरिकी समर्थक र विद्रोह समर्थक दुवै हुन सक्नुहुन्न।’
उनका अनुसार यो निर्वाचनमा सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोप लगाउने तीन सय उम्मेदवार रहेको उनको भनाइ छ।
सन् २०२० को नोभेम्बरमा बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएका थिए। त्यसको दुई वर्षपछि मध्यावधि निर्वाचन हुन गइरहेको हो।
यो मध्यावधि निर्वाचनको नतिजाले वर्तमान सरकारको काम मानिसहरुलाई कत्तिको ठीक लागिरहेको छ भन्ने संकेत दिने विश्वास गरिँदै आएको छ।
यो निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ सिट र सिनेटका ३४ सिटमा निर्वाचन हुनेछ। त्यसका साथै सबै राज्यले आफ्नो नयाँ गभर्नर पनि छान्नेछन्।
Shares
प्रतिक्रिया