अफगानिस्तानको शासन हातमा लिएको तालिबान समूहले त्यहाँका महिलाहरुमाथि लगाइएको कडा प्रतिबन्ध हटाउने संकेत गरेको छ।
अन्तरराष्ट्रिय समुदायको चर्को विरोधका कारण तालिबानले महिलाहरुप्रतिकको दृष्टिकोण केही नरम बनाउने संकेत दिएको हो।
अफगानिस्तानमा काम गरिरहेको एक महत्वपूर्ण अन्तरराष्ट्रिय सहायता एजेन्सीका अनुसार तालिबानका तीनजना मन्त्रीले महिलाहरुमाथि लगाएको कडा प्रतिबन्धन हटाउने काममा शीर्ष नेतृत्व जुटेको बताएका छन्।
काबुल भ्रमणमा गइसकेका नर्वेको शरणार्थी काउन्सिलका प्रमुख ज्यान एगल्यान्ड बीबीसीदाई दिएको एक अन्तर्वार्तामा बताएअनुसार तालिबान महिलालाई काम गर्न दिन र बालिकाहरुमाथिको शिक्षाको प्रतिबन्ध नहटाए अफगानिस्तानलाई मिलिरहेको अन्तर्राराष्ट्रिय सहायता बन्द हुने चेतावनी दिइएको छ।
उनले भने, 'तालिबानका नेताहरुले मलाई प्रतिबन्धलाई लिएर अर्को उर्दी जारी गर्ने तयारी भएको बताएका छन्। यस उर्दीअनुसार महिलालाई पढ्न अनुमति मिल्नेछ। सबैभन्दा महत्वूर्ण कुरा महिलाहरु अब काममा फर्किन सक्नेछन्।'
उनले तालिबानले आफ्नो वाचा पूरा गर्नुपर्ने बताए। तालिबानले महिलाहरुलाई काम गर्न र बालिकाहरुलाई पढ्न दिनेगरी नयाँ उर्दी जारी गर्ने बताएको पनि उनले उल्लेख गरे।
Shares
प्रतिक्रिया