अमेरिकाले केही दिनदेखि आफ्नो आकाशमा उडिरहेको जासुसी बेलुनलाई खसालिदिएको छ।
चीनले अमेरिकामा जासुसीका लागि उडाएको भनिएको उक्त बेलुनलाई समुद्री सीमामाथिको आकाशबाट एन्टलान्टिक महासागरमा खसालिदिएको हो।
यो बेलुनले अमेरिकाको प्रमुख सैनिक ठेगानाको जासुसी गरिरहेको बताइएको थियो।
अमेरिकी रक्षा मन्त्रालयले एफ-२२ लडाकु जहाजदे उक्त बेलुनलाई खसालिदिएको जनाएको छ।
शनिवार अमेरिकी सेनाकोतर्फबाट चलाइएको यस अभियानका कारण तीनवटा विमानस्थल तथा उत्तरी र दक्षिणी क्यारोलिनाको तटनजिकको एयर स्पेस बन्द गरिएको थियो।
अमेरिकाको टेलिभिजन च्यानलमा प्रसारित भइरहेका फुटेजमा एक सानो विस्फोटपछि यो बेलुन समुद्रमा खसिरहेको देखाइएकोछ।
तर उता चीनको विदेश मन्त्रालयले यसमा कडा प्रतिक्रिया दिँदै आपत्ति जनाएको छ। 'असैन्य कामका लागि प्रयोग हुने मानवरहित बेलुनमा अमेरिकाको तागतको प्रयोग गरिएकोमा हामी विरोध गर्दछौँ', चीनले भनेको छ।
A video posted on social media captured a flying object believed to be a Chinese spy balloon falling from the sky after being hit by a U.S. military fighter aircraft https://t.co/Ys5vDuJbQy pic.twitter.com/ZqDyA0nJ9x
— Reuters (@Reuters) February 4, 2023
चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, 'चीनले स्पष्टसँग अमेरिकालाई संयम अपनाउँदै शान्तिपूर्ण र व्यवसायिक रुपमा यस समस्याको समाधान खोज्न। तर अमेरिकाले शक्तिको प्रयोग गर्यो। स्पष्ट छ उसले यसलाई लिएर अनावश्यक प्रतिक्रिया दिइरहेको छ।'
चीनको भनिएको 'जासुसी बेलु' लाई फाइटर जेटले दक्षिण क्यारोलिनाको एटलान्टिक महासागरको तटमा खसाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले पाइलटलाई बधाई दिएका छन्।
समाचार अनुसार लडाकु विमानका पाइलटले एक एआईए-९ एक्स साइडविन्डर मिसाइल हानेर यो बेलुनलाई खसलेका थिए।
अर्कातिर बाइडेन प्रशासनका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार बेलु खसाएपछि अमेरिकाले सीधै चीनसँग कुरा गरेको छ।
यो बेलुन राष्ट्रपति बाइडेनकै निर्देशनमा झारिएको हो। अमेरिकी रक्षा मन्त्रालयले बेलुनको भग्नवाशेषले मानिसलाई असर नगरोस् भनेर समुद्र किनारमा खसालिएको हो।
अमेरिकी सेना अहिले समुद्रमा खसेको बेलुनको भग्नवाशेष खोजिरहेको छ। समाचार अनुसार यो बेलुनका टुक्रा ११ किलोमिटर तटीय क्षेत्रमा फैलिएको छ।
प्रतिक्रिया