ad ad

ग्लोबल


साउदी अरबमा गोली चल्दा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको पहिचान खुल्यो

साउदी अरबमा गोली चल्दा ज्यान गुमाउने नेपाली सुरक्षागार्डको पहिचान खुल्यो

नेपालखबर
असार १५, २०८० शुक्रबार १५:४४, काठमाडौँ

साउदी अरबस्थित अमेरिकी वाणिज्य दूतावासबाहिर ज्यान गुमाएका नेपालीको पहिचान खुलेको छ। गत बुधबार दिउँसो अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको थियो। 

साउदीको जेद्दास्थित वाणिज्य दूतावासको भवनअघि गोली चल्दा नेपालका नैनसिंह नेपालीको मृत्यु भएको बीबीसीले जनाएको छ।

उनको उमेर ५९ वर्ष रहेको समाचार एजेन्सीहरूले जनाएका छन्। नैनसिंहका छोरा समेत अहिले रियादमा कार्यरत रहेको बीबीसीमा उल्लेख छ।

साउदी अरबस्थित नेपाली दूतावासका अनुसार घटनाबारे उनको परिवारलाई समेत जानकारी गराइसकिएको छ।

जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो।

बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरेका थिए। सोही क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .