ad ad

ग्लोबल


बंगलादेशमा बस पोखरीमा खस्दा १७ जनाको मृत्यु

बंगलादेशमा बस पोखरीमा खस्दा १७ जनाको मृत्यु

बंगलादेशमा पोखरीमा खसेको बस। तस्बिर : अमरउजाला


नेपालखबर
साउन ६, २०८० शनिबार १९:२१, काठमाडौँ

दक्षिणपश्चिम बंगलादेशमा शनिबार बस सडक छेउको ठूलो पोखरीमा खस्दा १७ जनाको मृत्यु भएको छ। 

भारतीय पत्रिका अमरउजालाका अनुसार दुर्घटनामा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।

६५ यात्रु यात्रु बोकेको बस भंडारिया उपजिल्लाबाट दक्षिणपश्चिम डिभिजन सदरमुकाम बरिशाल जाँदै गर्दा झलकाठीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालकले गाडीको नियन्त्रण गुमाएपछि बस पोखरीमा खसेको हो।  

एक प्रहरी अधिकारीले गोताखोरहरूले १७ शव निकालेको पत्रकारलाई बताएका छन्। बसभित्र थप शव फसेको आशंका गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .