ad ad

ग्लोबल


भारतको उत्तर प्रदेशमा खाली रेलभित्र रगतले लतपतिएको अवस्थामा महिला प्रहरी

भारतको उत्तर प्रदेशमा खाली रेलभित्र रगतले लतपतिएको अवस्थामा महिला प्रहरी

नेपालखबर
भदौ १४, २०८० बिहिबार १९:५४, काठमाडौँ

उत्तर प्रदेशको अयोध्या सहर पुगेको सरयू एक्सप्रेस रेलमा एक महिला प्रहरी रगतले लतपतिएको अवस्थामा फेला परेकी छन्।

उनलाई उपचारका लागि लखनउ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ।

महिलाको टाउकोमा गहिरो चोट लागेको बीबीसी हिन्दीले जनाएको छ। तर यी महिला प्रहरी कसरी घाइते भए भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तर ती महिला प्रहरीलाई बलात्कार वा यौन दुव्र्यवहार भएको घटनालाई अहिलेसम्म प्रहरीले अस्वीकार गरेको बीबीसी हिन्दीमा समाचारमा उल्लेख गरिएको छ।

यस घटनासँग सम्बन्धित एउटा भिडिओ पनि भाइरल भइरहेको छ, जसमा एक महिला हवलदार ट्रेनको बर्थमुनि रगत लतपत लडिरहेको देखिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .