ad ad

ग्लोबल


कंगोमा राष्ट्रसंघविरोधी प्रदर्शन, सुरक्षाकर्मीले गोली चलाउँदा ५० जनाको मृत्यु

कंगोमा राष्ट्रसंघविरोधी प्रदर्शन, सुरक्षाकर्मीले गोली चलाउँदा  ५० जनाको मृत्यु

सिन्ह्वा
भदौ १५, २०८० शुक्रबार ११:२३, काठमाडौँ

कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनका क्रममा भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ।

कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए।

सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो। सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन्।

त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि शहरमा गतिविधि ठप्प रहेको बताए। उनले प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताए

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लाडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .