हमासलाई उत्तर कोरियाले हतियार आपूर्ति गरेको हुनसक्ने दक्षिण कोरियाली सेनाले बताएको छ।
उत्तर कोरियाली हतियार प्रयोग गरेर इजरायलमाथि आक्रमण भएको संकेत देखिएको भन्दै सोको अध्ययन भइरहेको दक्षिण कोरियाले सेनाले जनाएको हो।
‘उत्तर कोरियाले मध्यपूर्वका विभिन्न मुलुकहरुमा अनेक खालका हतियार निर्यात गरेको प्रमाणहरु हामी देखिरहेका छौँ। हालै इजरायलनजिकै उत्तर कोरियाले बनाएको १२२ एमएमको गोला पनि देखिएको छ, जुन हमासआबद्ध लडाकुले प्रहार गरेको विश्वास गरिएको छ,’ एक दक्षिण कोरियाली सैन्य अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन्।
हमासले प्याराग्लाइडमा चढेर इजरायलमा प्रवेश गर्ने शैली उत्तर कोरियाबाटै सिकेको हुनसक्ने पनि ती अधिकारीले बताए।
उत्तर कोरियाले त्यसैगरी आफ्ना सैनिकहरुलाई तालिम दिने गरेको छ।
अघिल्लो हप्ता हमासले इजरायलमाथि गरेको आक्रमणमा १४ इजरायलीको मृत्यु भएको छ।
जबमा घना आवादी रहेको गाजामा इजरायलले बमबारी र नाकाबन्दी गरिरहेको छ। जसबाट २८ सयभन्दा बढी गाजाबासीको ज्यान गइसकेको छ। एजेन्सी
Shares
प्रतिक्रिया