ताइवान स्वतन्त्रताको कुनै पनि कदमप्रति जनमुक्ति सेना (पीएलए) ले दया नदेखाउने शीर्ष चिनियाँ जर्नेलले चेतावनी दिएका छन्।
सोमबार एक क्षेत्रीय सुरक्षा फोरममा केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष चाङ युसियाले यस्तो बताएका हुन्।
‘ताइवानलाई चीनबाट अलग्याउने इच्छा जसले जुनसुकै तरिकाबाट राखे पनि चिनियाँ सेना त्यसमा सहमत हुनेछैन,’ जर्नेल चाङले बेइजिङ सियाङसान फोरममा भने।
ताइवान चीनका प्रमुख स्वार्थहरुको पनि केन्द्रीय हिस्सा भएको उनको भनाइ थियो।
फोरमको साइडलाइनमा उनले चिनियाँ रक्षामन्त्री सेर्गेइ सोइगुसँग पनि भेट गरेका थिए।
चीनले अमेरिकासँगको सम्बन्धमा पनि ताइवान मामिलालाई प्रमुखता दिँदै आएको छ।
फोरममा उनले अमेरिकाको नाम नलिई ‘निश्चित मुलुक’ ले एसिया–प्यासिफिक र अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताए।
‘उसले जहाँ हात हाल्छ, त्यहाँ शान्ति सम्भव हुँदैन,’ चाङले भने। एजेन्सी
Shares
प्रतिक्रिया