ग्लोबल


शनिबार ४२ प्यालेस्टाइनीको सट्टामा हमासले १४ बन्धक छाड्ने

शनिबार ४२ प्यालेस्टाइनीको सट्टामा हमासले १४ बन्धक छाड्ने

नेपालखबर
मंसिर ९, २०८० शनिबार १७:१५,

युद्धविरामको दोस्रो दिन हमास र इजरायलबीच पुनः बन्दी साटासाट हुने भएको छ। हमासले १४ बन्धक छाड्दा इजरायलले ४२ जनालाई छाड्ने बताइएको छ।

४८ दिनको बन्धनबाट शुक्रबार १३ इजरायली र १० थाई र एक फिलिपिनी नागरिक छुटेका थिए। इजरायलले ३९ प्यालेस्टाइनी छाडेको थियो। 

दुवै पक्षबाट छुटेकाहरुमा अशक्त, महिला र बालबालिका छन्।

एक इजरायली बराबर तीन प्यालेस्टाइनी छोड्नेगरी युद्धविरामको सर्त तय गरिएको बताइएको छ।

शनिबार पनि सोही प्रक्रियाअनुसार पहिले इन्धन, खाद्यान्न र औषधिसहितको राहत सामग्री गाजा पठाइनेछ, हमासले बन्धक छाड्नेछ र इजरायलले कैदी मुक्त गर्नेछ।

इजरायलको आक्रमणबाट गाजामा १४ हजार ५ सयको ज्यान गइसकेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .