ग्लोबल


भारत हुँदै नेपाल प्रवेश गर्न खाेज्ने दुई बंगलादेशी पक्राउ

भारत हुँदै नेपाल प्रवेश गर्न खाेज्ने दुई बंगलादेशी पक्राउ

शैलेन्द्र समदर्शी
माघ १९, २०७६ आइतबार ९:४८,

भारतको भूमि भएर अवैध रूपमा नेपाल छिर्ने प्रयास गरिरहेका दुई बंगलादेशी नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले भारत-नेपाल सीमा क्षेत्र पानीट्यांकीबाट पक्राउ गरेका छन्।

एसएसबीका अनुसार पक्राउ पर्ने बंगलादेशी नागरिकको नाम मोहम्मद बिलाल हुसैन (२३) र हाकिम अब्दुल (१९) हो। मोहम्मद बिलाल सिराजगञ्ज जिल्लाको शहादपुर थाना क्षेत्रनिवासी तथा हाकिम अब्दुल कुस्तिया जिल्लाअन्तर्गत भारुमारा थाना क्षेत्रनिवासी रहेको बताइएको छ।

रुटिन चेकिङअन्तर्गत यी दुई बंगलादेशी नागरिकले कुनै वैध दस्तावेज (कागज-पत्र) देखाउन नसक्दा एसएसबी जवानहरूले पक्राउ गरेका हुन्। जानकारीका अनुसार ३१ जनवरीको दिन उनीहरू कोचबिहार जिल्लास्थित भारत-बङ्ग्लादेश सीमा चेङ्ग्राबन्दाबाट एजेन्टको सहयोगमा अवैध रूपमा भारत छिरेका थिए।

उनीहरूले भारत छिर्नका लागि प्रतिव्यक्ति ६० हजार रुपियाँ अब्दुल खालेक, याकुब र प्रिन्स बाबु नाम गरेका एजेन्टलाई दिएको पनि केरकारअवधि यी दुई बंगलादेशी नागरिकले बताएका छन्। पक्राउ परेका दुवै बंगलादेशी नागरिकलाई एसएसबीले खोरीबारी प्रहरी चौकीमा थप अनुसन्धान र केरकारका लागि सुम्पेको छ।

स्मरणरहोस्, पछिल्ला केही महिनायता भारतीय भूमि भएर नेपाल प्रवेश गर्ने तथा फेरि नेपालबाट भारत फर्केर यतै बसोबास गर्न खोज्ने अवैध बंगलादेशी नागरिकहरू भटाभट पक्राउ गरिरहेका छन्। सशस्त्र सीमा बल (एसएसबी)का अनुसार गत दुई महिनाभित्र एक दर्जनभन्दा अधिक बंगलादेशी नागरिक पक्राउ परिसकेका छन्, जससँग कुनै प्रकारको वैध कागजपत्रहरू थिएनन्।

अवैध रूपमा भारत छिरेका बंगलादेशी नागरिकहरू भारतीय भूमि भएर नेपाल पस्ने र नेपालमा केही समय बिताएपछि पुनः भारत फर्केर यहाँ नै अवैध रूपमा बसोबास गर्ने खुलासा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .