रुसको निर्वाचन आयोगले आगामी राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनलाई चुनौती दिन खोजेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज गरेको छ। अर्को महिना रुसमा चुनाव हुँदैछ।
नादेज्दिन पुटिनको कडा आलोचक रहँदै आएका छन्। यद्यपि उनको आलोचनालाई पुटिनले सहँदै आएका छन्।
राष्ट्रपतिको उम्मेदवारीका लागि नादेज्दिनले बुझाएका हस्ताक्षरमध्ये १५ प्रतिशत नक्कली रहेको भन्दै उनको उम्मेदवारी बदर गरेको हो।
रुसमा राष्ट्रपतिको उम्मेदवार बन्न एक लाख मानिसको हस्ताक्षर बुझाउनुपर्छ।्
तर, उनले सो निर्णयलाई अदालतमा चुनौती दिने बताएका छन्।
आफूले स्वच्छतापूर्वक हस्ताक्षर संकलन गरेको उनको दाबी छ।
रुसमा पुटिनका आलोचकहरुलाई चुनावमा लड्न प्रतिबन्ध लगाइँदै आएको छ। एजेन्सी
102
Shares
प्रतिक्रिया