ad ad

ग्लोबल


क्वाड बैठकमा बाइडेनले भने : चीनले जहीँतहीँ हाम्रो नाडी छामिरहेको छ

क्वाड बैठकमा बाइडेनले भने : चीनले जहीँतहीँ हाम्रो नाडी छामिरहेको छ

नेपालखबर
असोज ६, २०८१ आइतबार १६:३,

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्वाड नेताहरूसँग चीनले जहाँतहीँ ‘हाम्रो नाडी छामिरहेको’ टिप्पणी गरेका छन्। बन्द कोठाभित्र गोप्यरूपमा गरिएको सो टिप्पणी खुला माइकमा सुनिन पुगेको हो।

उनको यस्तो टिप्पणीलाई चीनको नाम नलिई बेइजिङलाई नचिढ्याउने क्वाडको प्रयासमा धक्का पुग्ने देखिएको छ।

बाइडेनले डेलावेयर राज्यको विल्मिङटनमा आफ्नो अन्तिम क्वाड शिखर बैठक आयोजना गरेका छन्। बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किसिदा र अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानिज सहभागी छन्।

‘चीन आक्रामक तरिकाले प्रस्तुत भइरहेको छ। सिंगो क्षेत्रमा हाम्रो नाडी छामिरहेको छ। दक्षिण चीन सागर, पूर्वी चीन सागर, दक्षिण एसिया र ताइवान जलसन्धिमा,’ बन्द कोठाभित्र आपसी छलफलका क्रममा बाइडेनले भने।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो ध्यान घरेलु आर्थिक चुनौतीमा केन्द्रित गरिरहेको उनको भनाइ थियो। 

‘तर, उनी मेरो विचारमा चीनको स्वार्थपूर्तिका लागि आक्रामक रूपले केही कूटनीतिक स्थान खोज्ने कोसिसमा छन्,’ बाइडेनले भनेका छन्।

क्वाडको संयुक्त घोषणामा भने चीनको नाम प्रत्यक्षरूपमा लिइएको छैन। उनीहरूले चीनको प्रतिकारका लागि यो समूह नबनाएको दाबी गर्दै आएका छन्।

बाइडेनले बैठकको सुरुमा आगामी चुनावलाई संकेत गर्दै राजनीति जेसुकै भए पनि क्वाड कायम रहने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .